सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको सुदूरपश्चिम रोयल्सले खराब सुरुवात गरेको छ। खेलको ७ ओभर सकिँदा सुदूरपश्चिमले २ विकेट गुमाएर ३८ रन मात्र बनाएको छ।
सुरुवाती दुई विकेट गुमाएपछि अहिले क्रिजमा इशान पाण्डे र ब्रेन्डन म्याकमुलेन छन्। म्याकमुलेनले ७ बलमा १० रन बनाएका छन् भने इशानले खाता खोल्न सकेका छैनन्। जनकपुरका राहुल यादवले एक विकेट लिएका छन्।















Discussion about this post