नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको सुदूरपश्चिम रोयल्सले १० ओभरको समाप्तिमा ४ विकेट गुमाएर ५९ रन मात्र बनाएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरी मात्र १ रन बनाएर आउट भएपछि टोली थप दबाबमा परेको हो। उनलाई ९.१ ओभरमा आदित्य महताले आफ्नै बलमा क्याच आउट गरे।
यसअघि ओपनर विनोद भण्डारी १० रन, सेफ जेब १० रन र इशान पाण्डे ३ रन बनाएर आउट भएका थिए। सुदूरपश्चिमले पछिल्लो ५ ओभरमा मात्र २६ रन जोड्दै ३ महत्त्वपूर्ण विकेट गुमाएको छ।
हाल क्रिजमा ब्रेन्डन म्याकमुलन १७ बलमा २५ रन बनाएर खेलिरहेका छन् भने उनलाई थारिन्दु रत्नायके २ रन बनाएर साथ दिइरहेका छन्। जनकपुरका लागि आदित्य महता, हरमित सिंह र राहुल यादवले १-१ विकेट लिएका छन्।
















Discussion about this post