नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका अस्ट्रेलियाका पूर्वकप्तान तथा विस्फोटक ब्याटर डेभिड वार्नर आज आफ्नो देश फर्किएका छन्। काठमाडौं गोर्खाजका व्यवस्थापक दीपक केसीले सामाजिक सञ्जालमार्फत वार्नरको बिदाइ भएको जानकारी दिएका हुन्।
काठमाडौं गोर्खाजका लागि ४ खेल खेलेका वार्नरले कुल १२७ रन बनाएका थिए। उनले कर्णाली याक्सविरुद्ध १६ रन, विराटनगर किंग्सविरुद्ध अविजित ४४ रन, लुम्बिनी लायन्सविरुद्ध ६६ रन र चितवन राइनोजविरुद्ध १ रन बनाएका थिए। रोचक कुरा के छ भने, वार्नर सहभागी भएका चारवटै खेलमा काठमाडौं गोर्खाज विजयी भएको थियो।
रातोपाटीका अनुसार, वार्नरले नेपालमा आफूले राम्रो अनुभव गरेको र दर्शकको मायाबाट प्रभावित भएको बताएका छन्। साथै, उनले अर्को वर्ष पनि नेपाल आउने इच्छा व्यक्त गरेका छन्।















Discussion about this post