तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई जितका लागि १२१ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १२० रन बनाएको हो।
सुदूरपश्चिमका लागि ब्रेन्डन म्याकमुलनले सबैभन्दा धेरै ३३ रन बनाए भने थरिन्दु रत्नायकेले अविजित २६ रन जोडे। त्यस्तै, आरिफ शेखले ११, तथा सैफ जेब र विनोद भण्डारीले समान १०-१० रन बनाए। जनकपुरका बलरहरूले कसिलो बलिङ गर्दा सुदूरपश्चिमले ठूलो स्कोर बनाउन सकेन। जनकपुरका लागि कप्तान हरमित सिंहले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। यसैगरी आदित्य महता, अभिषेक तिवारी, ह्यारी टेक्टर र राहुल यादवले १-१ विकेट लिए।
प्रतियोगितामा हालसम्म ५ खेल खेलेको सुदूरपश्चिम ३ जित र २ हारसहित ६ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा छ। उता ५ खेल नै खेलेको जनकपुर भने २ जित र ३ हारसहित ४ अंक जोड्दै पाँचौँ स्थानमा छ।















Discussion about this post