सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गरिरहेको सुदूरपश्चिम रोयल्सले लगातार विकेट गुमाएको छ।
सुरुवाती ओभरदेखि नै दबाबमा परेको सुदूरपश्चिमले तेस्रो विकेटको रूपमा इसन पाण्डेलाई गुमाएको छ। उनी मात्र ३ रन बनाएर आउट भए। त्यसलगत्तै क्रिजमा आएका दीपेन्द्र सिंह ऐरी पनि लामो समय टिक्न सकेनन्। उनी ३ बलको सामना गर्दै जम्मा १ रन बनाएर पेभेलियन फर्किए।
लगातार विकेट पतनसँगै जनकपुरविरुद्ध सुदूरपश्चिमको इनिङ्स धरासायी बनेको छ भने टोली ठूलो दबाबमा परेको छ।















Discussion about this post