ओमानमा चलिरहेको यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले नेपाललाई जितका लागि २७६ रनको विशाल लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पूरै ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा २७५ रन बनायो। पाकिस्तानका लागि अहमद हुसेनले ७३ बलमा सर्वाधिक ८९ रन बनाए भने कप्तान फरहान युसुफले ९५ बलमा ७४ रन जोडे। त्यस्तै, हसनैन अब्बास दारले २५ र जहाँगीर बिलालले २२ रन बनाए।
बलिङतर्फ नेपालका विपिन शर्माले राम्रो प्रदर्शन गर्दै ३ विकेट लिए। यस्तै, सुशील रावलले २ तथा सचिन भट्ट र अभय यादवले एक-एक विकेट लिए। अहिले नेपालले आफ्नो जवाफी ब्याटिङ गरिरहेको छ।















Discussion about this post