नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा यो खेल बेलुका ५ बजे सुरु हुनेछ।
आजको खेल जितेर सुदूरपश्चिम अघिल्लो चरणमा पुग्ने सम्भावना बलियो बनाउने दाउमा छ। ५ खेल खेलेको सुदूरपश्चिम ३ खेल जित्दै ६ अङ्कसहित अङ्क तालिकाको तेस्रो स्थानमा छ।
उता, पहिलो संस्करणको विजेता जनकपुर पनि आजको खेल जितेर लयमा फर्कने योजनामा छ। ५ खेल खेलेको जनकपुर २ जित र ३ हारसहित ४ अङ्क जोडेर पाँचौँ स्थानमा रहेको छ।
जम्मा ८ टोली सहभागी रहेको एनपिएलको यो तेस्रो संस्करण आगामी मङ्सिर ५ गतेसम्म चल्नेछ।














Discussion about this post