Tuesday, November 10, 2026
  • About
  • Contact Us
  • Privacy Policy
Shree Post
  • Home
  • LATEST
  • National
  • World
  • Sports
  • Entertainment
    • Video
    • Gallery
    • social media
  • Technology
  • Lifestyle
  • Opinions/interviews
No Result
View All Result
Shree Post
  • Home
  • News
  • Entertainment
  • Gallery
  • Video

न्युयोर्क सहरमा जाडो मौसमको नयाँ तयारी: मेयर ममदानीद्वारा २.५ करोड डलरको आपतकालीन योजना सार्वजनिक

न्युयोर्क सहरमा जाडो मौसमको नयाँ तयारी: मेयर ममदानीद्वारा २.५ करोड डलरको आपतकालीन योजना सार्वजनिक

Shree Post by Shree Post
November 10, 2026
in Lifestyle, World
0
Mamdani expands extreme weather response after deadly winter; talks school snow days
0
SHARES
9
VIEWS

न्युयोर्क सहरका मेयर जोहरान ममदानीले आगामी जाडो मौसमको सम्भावित जोखिमलाई मध्यनजर गर्दै २.५ करोड डलर बराबरको परिमार्जित ‘कोड ब्लु’ आपतकालीन योजना सार्वजनिक गरेका छन्। गत वर्षको अत्यधिक चिसोका कारण कम्तीमा २० जनाको मृत्यु हुनुका साथै हिउँ पन्छाउने काम प्रभावकारी नभएको भन्दै सहरले पुरानो रणनीतिलाई परिवर्तन गरेर यो नयाँ र विस्तारित योजना ल्याएको हो।

यस नयाँ योजनाअन्तर्गत सडकमा रहेका घरबारविहीन मानिसहरूलाई सुरक्षित स्थानमा पुर्‍याउन विशेष प्राथमिकता दिइएको छ। यसका लागि ३ सयभन्दा बढी स्वयंसेवकहरू सहरका प्रत्येक ब्लकमा खटिनेछन् भने ६ सय वटा नयाँ आश्रय स्थल (लो ब्यारियर बेड) हरू थपिएका छन्। यसका साथै, जोखिममा परेकाहरूलाई सुरक्षित र न्यानो स्थानमा पुर्‍याउन स्वास्थ्य सेवा र यातायातको सुविधासहितका ५५ वटा ‘वार्म मोबाइल युनिट’ सञ्चालनमा ल्याइनेछ, जसमा स्वास्थ्य जाँचका लागि आवश्यक नर्सहरू खटिनेछन्।

जाडोमा हिउँ पन्छाउने कार्यलाई छिटो र प्रभावकारी बनाउन बेल्चाको मात्र भर नपरी १ सय २० वटा साना स्नो ब्लोअर मेसिनहरू समेत खरिद गरिएका छन्। यसले फुटपाथ छिटो खुलाउन सहज बनाउनेछ। त्यस्तै, आवास तथा अपार्टमेन्टहरूमा पर्याप्त तापक्रम नभएको गुनासोलाई अब व्यक्तिगत रूपमै सम्बोधन गरिने भएको छ। घरधनीले तापक्रमको उचित व्यवस्था नगरेमा सरकारी टोलीले नै मर्मत गरी त्यसको सम्पूर्ण बिल घरधनीलाई पठाउने र नियम उल्लङ्घन गरिरहनेलाई जरिवाना समेत तिराउने कडा नियम लागू गरिएको छ। सार्वजनिक आवासहरूको हकमा भने सयौँ बोइलर तथा तातो पानीका प्रणालीहरूको मर्मत सम्भार गरिनुका साथै आपतकालीन अवस्थाका लागि २२ वटा मोबाइल बोइलर तयारी हालतमा राखिएका छन्।

Related posts

Modernity Dominates Deusi Bhailo Traditional Instruments and Culture Fading Away

देउसीभैलोमा आधुनिकता हाबी: मौलिक बाजा र संस्कृति हराउँदै

November 10, 2026
11
shisir Khanal

सञ्चारमन्त्री तिमिल्सिना आइटियू सम्मेलनमा सहभागी: विदेशी मन्त्रीहरूसँग भेटवार्ता

November 10, 2026
4

अर्कोतर्फ, अत्यधिक हिउँ परेको बेला सार्वजनिक विद्यालयहरूमा बिदा दिने वा अनलाइन कक्षा सञ्चालन गर्ने भन्ने विषय मौसमको अवस्था हेरेर मात्रै तय गरिने मेयर ममदानीले स्पष्ट पारेका छन्। राज्यले तोकेको १८० दिनको अनिवार्य पढाइ पुर्‍याउनुपर्ने र शैक्षिक क्यालेन्डरमा बिदाहरू थपिएका कारण परम्परागत ‘स्नो-डे’ (हिउँ बिदा) दिने कुरामा यसपटक धेरै लचिलोपन नहुने उनले बताएका छन्।

Tags: Mamdani expands extreme weather response after deadly winter; talks school snow days
Previous Post

एनपीएल खेलेर डेभिड वार्नर स्वदेश फर्किए

Next Post

एनपीएल: सुदूरपश्चिम दबाबमा, कप्तान दीपेन्द्र १ रनमै आउट

Shree Post

Shree Post

Related Posts

Modernity Dominates Deusi Bhailo Traditional Instruments and Culture Fading Away
Lifestyle

देउसीभैलोमा आधुनिकता हाबी: मौलिक बाजा र संस्कृति हराउँदै

November 10, 2026
11
shisir Khanal
Technology

सञ्चारमन्त्री तिमिल्सिना आइटियू सम्मेलनमा सहभागी: विदेशी मन्त्रीहरूसँग भेटवार्ता

November 10, 2026
4
Sel roti
Lifestyle

तिहारको चिनारी सेलरोटी: मौलिक स्वाद जोगाउँदै पर्यटनसँग जोड्न विज्ञको जोड

November 10, 2026
3
Mamata Kaphle
News

ममता काफ्ले भट्ट हत्या मुद्दा : आमाले अदालतमा भनिन्– मेरी छोरी आत्महत्या गर्ने खालकी थिइनन्

November 10, 2026
6
Shishir Khanal
Lifestyle

Nepal Demands Climate Justice for Himalayas at COP31

November 10, 2026
5
Jaya Said – That's Why I Married Amitabh Bachchan
Entertainment

Jaya Bachchan: “That’s Why I Married Amitabh Bachchan”

December 6, 2025
28
Aduwa Ginger
Lifestyle

These Are the Benefits of Ginger

December 3, 2025
29
Next Post
NPL Sudurpaschim under pressure; captain Dipendra out for just 1 run.

एनपीएल: सुदूरपश्चिम दबाबमा, कप्तान दीपेन्द्र १ रनमै आउट

Discussion about this post

RECOMMENDED NEWS

Thai Smile Airways

Thai Airways resumes flights to Nepal

2 years ago
25
(SP)BELGIUM ANTWERP WORLD ARTISTIC GYMNASTICS CHAMPIONSHIPS

BELGIUM-ANTWERP-WORLD ARTISTIC GYMNASTICS CHAMPIONSHIPS

3 years ago
74
Short film 'Lilami'

LILAMI : Current story of Nepali youth SHORT FILM, released

3 years ago
14
Untitled design (3)

“Lumpy Skin Disease” Treatment in Buchi

3 years ago
40
Shree Post

Shreepost takes the private nature of your personal information very seriously.

Follow us on social media:

Recent News

  • एनपीएल: सुदूरपश्चिमले जनकपुरलाई दियो १२१ रनको लक्ष्य
  • एनपीएल: सुदूरपश्चिम दबाबमा, कप्तान दीपेन्द्र १ रनमै आउट
  • न्युयोर्क सहरमा जाडो मौसमको नयाँ तयारी: मेयर ममदानीद्वारा २.५ करोड डलरको आपतकालीन योजना सार्वजनिक

Category

  • Entertainment
  • Gallery
  • LATEST
  • Lifestyle
  • National
  • News
  • Opinions/interviews
  • social media
  • Sports
  • Technology
  • Uncategorized
  • Video
  • World

Recent News

NPL Sudurpaschim sets a target of 121 runs for Janakpur

एनपीएल: सुदूरपश्चिमले जनकपुरलाई दियो १२१ रनको लक्ष्य

November 10, 2026
NPL Sudurpaschim under pressure; captain Dipendra out for just 1 run.

एनपीएल: सुदूरपश्चिम दबाबमा, कप्तान दीपेन्द्र १ रनमै आउट

November 10, 2026
  • About
  • Contact Us
  • Privacy Policy

© 2023 Shree Post Media (P). Ltd., All Rights Reserved.

No Result
View All Result
  • Home
  • News
  • Entertainment
  • Gallery
  • Video

© 2023 Shree Post Media (P). Ltd., All Rights Reserved.