सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना कतारको दोहामा भइरहेको अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियू) को महासम्मेलन २०२६ मा सहभागी भएका छन्। उनले नेपाली टोलीको नेतृत्व गर्दै सोमबार सम्मेलनको उद्घाटन कार्यक्रममा भाग लिए।
सम्मेलनका क्रममा उनले विभिन्न देशका प्रतिनिधिहरूसँग भेटघाट तथा कुराकानी गरे। उनले इरानका सञ्चारमन्त्री सत्तार हाशेमी र तान्जानियाकी सञ्चारमन्त्री एन्जेलाह जस्मिन कैरुकीसँग भेटेर आपसी चासो र हितका विषयमा छलफल गरे।
यसैगरी, आइटियूको रेडियोकम्युनिकेसन ब्युरो निर्देशक पदका फ्रान्सेली उम्मेदवार एरिक फोर्नियरले पनि मन्त्री तिमिल्सिनालाई भेटे। उनीहरूबीच नेपालको स्पेक्ट्रम र भूउपग्रह व्यवस्थापनको विषयमा कुराकानी भयो। सोमबार साँझ उनी कतार सरकारले प्रतिनिधिहरूको सम्मानमा आयोजना गरेको रात्रिभोजमा पनि सहभागी भए।

















Discussion about this post